arin enterprises

आजका कुल संक्रमितमध्ये ५४.४१ प्रतिशत उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ कार्तिक २३, आइतबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा एक हजार ५ सय ३३ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ७ सय १० जना छन् भने पुरुषको संख्या ८ सय २३ रहेको छ ।

काठमाडौंमा एक हजार २ सय ९४ जना छन् भने ललितपुरमा एक सय ६२ र भक्तपुरबाट ७७ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १८ हजार ८ सय ५६ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ३ हजार ६ सय ६३ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १५ हजार एक सय ९३ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ८८ हजार ७ सय २७ जना रहेको छ । हालसम्म काठमाडौं उपत्यकामा ७२ हजार ६७ जना संक्रमित भइसके भने ललितपुरमा १० हजार एक सय ५३ र भक्तपुरमा ६ हजार ५ सय ७ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ६९ हजार ४ सय ६१ जनाले कोरोनालाई जितिसके भने ४ सय १० जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो परिक्षणमा मोरङमा एक सय ५५, चितवनमा एक सय ५२, दाङमा ९८, कास्की र नवलपरासी (पूर्व) मा ८४, सुनसरीमा ७३, रुपन्देहीमा ६९, बाँकेमा ६८, झापामा ५६ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

कैलालीमा २९, धनुषामा २७, तनहुँमा २२, सिन्धुपाल्चोकमा २१, काभ्रेपलान्चोक र लमजुङमा १८/१८, मकवानपुरमा १७, सप्तरीमा १६, धादिङमा १५, दोलखा र सिन्धुलीमा १४/१४, पाल्पा र बर्दियामा १३/१३ र कन्चनपुरमा १२ जना संक्रमित भेटिएका छन् ।

उदयपुर, सिराहा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र बझाङमा ९/९, तेहथुम, गोरखा, पर्वत, अर्घाखाँचीमा ८/८, बारा र सुर्खेतमा ७/७, पर्सा, स्याङ्जा, सल्यानमा ६/६, इलाम, खोटाङ, सर्लाही, नुवाकोट, रामेछाप, म्याग्दी, गुल्मी र अछाममा ५/५ जनामा संक्रमण देखिएको छ ।

पाँचथर, मुस्ताङ, रुकुमपश्चिममा ४/४, ओखलढुङ्गा, धनकुटा, भोजपुर, संखुवासभा, बागलुङ, रोल्पा, डडेलधुरामा ३/३, सोलुखुम्बु, महोत्तरी, रौतहट, प्यूठान, दैलेखमा २/२, ताप्लेजुङ, रुकुमपुर्व, जुम्ला र बाजुरामा एक/एक जनामा कोरोना पोजेटिभ पाइएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ७ सय ९४ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २० जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा ३ सय ३०, लुम्बिनी प्रदेशमा २ सय ९८, गण्डकी प्रदेशमा २ सय ४२, प्रदेश २ मा ७४ र सुदुरपश्चिम प्रदेशमा ५९ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय