arin enterprises

किड्स फेसन रनवेको ट्यालेन्ट राउन्ड सम्पन्न

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन ४, बिहिबार

बालबालिकाहरुको प्रतिभा प्रतियोगीता नेपाल किड्स फेशन रनवे २०१८को ट्यालेन्ट राउन्ड आज सम्पन्न भएको छ । रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.बाट आयोजना हुन गइरहेको किड्स पेजेन्ट किड्स फेसन रनवे २०१८ को ट्यालेन्ट राउन्ड आज ललितपुरमा सम्पन्न भएको हो ।

आज सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीताका ३२ मध्ये ३० जना प्रतिस्पर्धी किड्सहरुले आआफ्नो प्रतिभा प्रस्तुत गरे । प्रतिस्पर्धीहरुले गायन, नृत्य, वक्तृत्व कला, पियानो, चित्रकला लगायतका प्रतिभा प्रस्तुत गरेका थिए ।

आजको प्रतिस्पर्धामा संचारकर्मी एवम् गायक सुरजबीर बज्राचार्य, गायिका लसता जोशी, कोरीयोग्राफर अनुप डंगोल, पत्रकार प्रजीत शाक्य र मिस काभ्रे २०१५का फस्ट रनर अप प्रशम्सा मानन्धर निर्णायक मण्डलमा थिए ।

ट्यालेन्ट राउन्डको नतिजा भने प्रतियोगीताको फाइनल राउन्डमा घोषणा हुनेछ । प्रतियोगीताको फाइनल राउन्ड आउँदो असोज १२ गते शुक्रबार काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा हुन गइरहेको छ । प्रतियोगीतामा ९ देखि १२ वर्षसम्मका किड्सहरुको सहभागीता रहेको छ ।

फाइनल राउन्डमा उपाधी विजेताले उपाधीको साथमा विभिन्न पुरस्कारको साथै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागीता जनाउने अवसर प्राप्त गर्ने आयोजक रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीका डाइरेक्टर राज फैजुले जानकारी दिनुभयो । साथमा प्रतिस्पर्धी बालबालिकाहरुलाई विभिन्न सबटाइटलहरुबाट पनि पुरस्कृत गरिने फैजुले बताउनुभयो । 

कार्यक्रमको आयोजना रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सीबाट हुन गइरहेको हो भने रेडियन्टका डाइरेक्टर साथै इन्टरनेशनल कोरीयोग्राफर राज फैजुले कोरीयोग्राफी गरेका छन् ।

Categorized in पेजथ्री