arin enterprises

आइपिएलमा दिल्ली पहिलोपल्ट फाइनलमा

SamacharDesk – बिकाश | २०७७ कार्तिक २४, सोमबार

सनराइजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टीको फाइनलमा प्रवेश गरेको छ ।

आइपिलको १९ औं संस्करण अन्तर्गत गए राती आबुधाबीमा सम्पन्न दोश्रो क्वालिफायरमा दिल्लीले हैदरावादलाई १७ रनले हराउँदै आइपिएलको ईतिहासमा पहिलोपल्ट फाइनल पुगेको हो ।

खेलमा दिल्लीले दिएको एक सय ९० रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको हैदरावादले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो ।

हैदरावादका लागि केल विलिम्सनले ३३ रन बनाए भने मनिस पाण्डे २१ बनाउँदै पेभिलियन फर्के । प्रियान गार्गले १७ रन बनाउँदा राशिद खानले ११ रन जोडे ।

जेसन होल्डरले ११ रन बनाउँदा टिमका कप्तान डेभिड वार्नरले टिमका लागि २ रन मात्र दिन सके ।

हैदरावादलाई पाखा लगाउन दिल्लीका कागिसो राबडाले महत्वपूर्ण ४ विकेट लिए । मार्कुस स्टोनिसले ३ विकेट ढाल्दा अक्षर पटेलले एक विकेट लिए ।

यसअघि टस जित्दै पहिले व्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेटको क्षतिमा एक सय ८९ रन जोडेको थियो ।

दिल्लीका लागि शिखर धवनको ७८ रन महत्वपूर्ण रह्यो ।

शिम्रन हिटमायरले अविजित रहँदै ४२ रनको योगदान दिए । त्यसैगरी मार्कुस् स्टोनिसले ३८ र कप्तार श्रेयस ऐयरले २१ रनको योगदान दिए ।

हैदरावादका लागि जेसन होल्डर, सन्दिप शर्मा र राशिद खानले एक/एक विकेट लिए ।

अब दिल्लीले भोलि उपाधीका लागि मुम्बइ ईन्डियन्सको सामना गर्नेछ । दिल्लीले पहिलो पटक फाइनल खेल खेल्न लागेको छ भने साविक विजेता मुम्बई ईन्डियन्सले चार पटकसम्म उपाधी कब्जा गरिसकेको छ ।

आइपिएलको जारी सिजनमा दिल्लीले मुम्बईसँग लिग चरणमा दुई पटक र प्ले अफमा एक पटक गरी ३ पटक हार व्यहोरीसकेको छ ।

यस्तो अवस्थामा दिल्लीले उपाधी जित्दै मुम्बईसँग अघिल्ला हारको बदला लिन खोज्नेछ भने मुम्बईको पाँचौ पटक उपाधी जित्ने लक्ष्य रहेको छ ।

Categorized in स्पाेर्ट्स