arin enterprises

लिभरपुललाई म्यानसिटिले बराबरीमा रोक्यो

SamacharDesk – बिकाश | २०७७ कार्तिक २४, सोमबार

इङ्गलिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुलले म्यानचेस्टर सिटिसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

इतिहाड रंगशालामा सम्पन्न खेलमा लिभरपुल र म्यानचेस्टर सिटिले एक÷एक गोलको बराबरी खेल्दै एक/एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

खेलको १३ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मोहमद सलाहले लिभरपुललाई अग्रता दिएका थिए । म्यान सिटिका डिफेन्डर केली वाल्करले लिभरपुलका साडियो मानेलाई डि बक्सभित्र फाउल हाल्दा लिभरपुलले पेनाल्टी पाएको थिए ।

तर खेलको ३१ औं मिनेटमा म्यान सिटीका ग्राबियल जिससले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

४२औं मिनेटमा सिटिले पेनाल्टी हान्ने मौका पाएको थियो । तर ब्रुअनले पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा खेल बराबरीमै सिद्धियो ।

यो खेलपछि तेश्रो स्थानको लिभरपुलको ८ खेलबाट १७ अङ्क भएको छ भने सिटीले ७ खेलबाट १२ अङ्क जोडेको छ ।

Categorized in स्पाेर्ट्स