arin enterprises

११ हजार १७७ परिक्षणमा २ हजार ५७१ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ कार्तिक २४, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ५ सय ७१ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ५१ जना छन् भने पुरुषको संख्या एक हजार ५ सय २० रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।

पछिल्लो पटक एक हजार ७ सय ९८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ५९ हजार ७ सय २४ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १५ लाख ५१ हजार २ सय ५४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ११ हजार एक सय ७७ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ सय ६७ जना छ ।

सक्रिय संक्रमितको संख्या ३६ हजार एक सय ७४ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार ३ सय ३८ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २९ हजार ८ सय ३६ रहेका छन् ।

देशभरमा ४ सय ११ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ८३ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४९, प्रदेश २ मा ८, वागमती प्रदेशमा दुई सय ४, गण्डकी प्रदेशमा ७२, लुम्बिनी प्रदेशमा ५४, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा १५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १३ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ५२, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ८३ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ र रुपन्देही रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय २६ पुगेको छ । आज थप १८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय