arin enterprises

आजका नयाँ संक्रमितमध्ये ५५.५४ प्रतिशत उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ कार्तिक २४, सोमबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५५ दशमलव ५४ प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।

पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय २८ जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय ३० जना छन् भने पुरुषको संख्या ७ सय ९८ रहेको छ ।

काठमाडौंमा एक हजार एक सय २६ जना छन् भने ललितपुरमा २ सय एक र भक्तपुरबाट ९१ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १९ हजार ३ सय ८४ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ४ हजार ८८ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १५ हजार २ सय ९६ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९० हजार एक सय ५५ जना रहेको छ । हालसम्म काठमाडौं उपत्यकामा ७३ हजार २ सय ३ जना संक्रमित भइसके भने ललितपुरमा १० हजार ३ सय ५४ र भक्तपुरमा ६ हजार ५ सय ९८ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ७० हजार ३ सय ५६ जनाले कोरोनालाई जितिसके भने ४ सय १५ जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो परिक्षणमा कास्कीमा एक सय ५१, मोरङमा एक सय ४८, सुनसरीमा ९१, रुपन्देहीमा ८५, कैलालीमा ६६, काभ्रेपलान्चोकमा ४७, दोलखा र मकवानपुरमा ४२/४२, झापामा ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कपिलवस्तुमा २९, चितवनमा २८, कन्चनपुरमा २५, पाल्पामा २४, तनहुँमा १८, स्याङ्जामा १७, डडेलधुरामा १५, गोरखा र दैलेखमा १३/१३, उदयपुर धनुषा र बझाङमा १२/१२, सिराहा, नवलपरासी (पुर्व), दाङ र दार्चुलामा ११/११, पर्सा, डोटी र बाजुरामा १०/१० जना संक्रमित भेटिएका छन् ।

सप्तरी, सिन्धुपाल्चोक, नवलपरासी पश्चिम, अछाम र वैतडीमा ९/९, नुवाकोट र बाँकेमा ८/८, महोत्तरीमा ७, सर्लाहीमा ६, पाँचथर, इलाम, रौतहट, धादिङ, रामेछाप, सिन्धुली, जुम्लामा ५/५, धनकुटा र गुल्मीमा ४/४ जना संक्रमित थपिएका छन् ।

ओखलढुङ्गा, संखुवासभा, बारा, पर्वत, बर्दियामा ३/३, खोटाङ, भोजपुर, लमजुङ, प्यूठान, सुर्खेतमा २/२, तेहथुम, रसुवा, म्याग्दी, अर्घाखाँचीमा एक/एक जनामा संक्रमण देखिएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ६ सय २० जना र सबैभन्दा कम कर्णाली प्रदेशमा २० जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा ३ सय ९, गण्डकी प्रदेशमा २ सय १६, लुम्बिनी प्रदेशमा एक सय ७६, सुदुरपश्चिम प्रदेशमा एक सय ६७ र प्रदेश २ मा ६३ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय