arin enterprises

२ हजार ७३६ नयाँ संक्रमित थप, कुल संक्रमित संख्या २ लाख नजिक

SamacharDesk – बिकाश | २०७७ कार्तिक २५, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ७ सय ३६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ५९ जना छन् भने पुरुषको संख्या एक हजार ६ सय ७७ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या एक लाख ९९ हजार ७ सय ६० पुगेको छ ।

पछिल्लो पटक ८ सय ५३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ६० हजार ५ सय ७७ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १५ लाख ६४ हजार २ सय १४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १२ हजार ९ सय ६० वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार ५८ जना छ ।

सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ८ हजार ३ सय एक जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २९ हजार ७ सय ३४ रहेका छन् ।

देशभरमा ४ सय ४ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ९६ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४५, प्रदेश २ मा १२, वागमती प्रदेशमा एक सय ८४, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा ८ र सुदुरपश्चिम प्रदेशमा १७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १५ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ५८, गण्डकी प्रदेशमा १५ र लुम्बिनी प्रदेशमा ६ जना गरी ९६ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ४८ पुगेको छ । आज थप २२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय