उपत्यकामा एक जहार ४२० नयाँ संक्रमित थप, उपत्यकाको कुल संक्रमित संख्या ९३ हजार बढि
SamacharDesk – बिकाश | २०७७ कार्तिक २५, मंगलबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५१ दशमलव ९० प्रतिशत संक्रमित काठमाडौं उपत्यकाबाट रहेका छन् ।
पछिल्लो पटक काठमाडौं उपत्यकामा एक हजार ४ सय २० जना नयाँ संक्रमित थप भएका छन् । तीमध्ये महिला ६ सय ३ जना छन् भने पुरुषको संख्या ८ सय १७ रहेको छ ।
काठमाडौंमा एक हजार एक सय ४१ जना छन् भने ललितपुरमा एक सय ९३ र भक्तपुरमा ८६ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा २० हजार २ सय ६० जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ५ हजार २ सय २२ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १५ हजार ३८ रहेको छ ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९३ हजार ८ सय २ जना रहेको छ । हालसम्म काठमाडौंमा ७३ हजार ३ सय ४४ जना संक्रमित भइसके भने ललितपुरमा १० हजार ५ सय ७४ र भक्तपुरमा ८ हजार ८ सय ८४ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ७० हजार ८ सय ९० जनाले कोरोनालाई जितिसके भने ४ सय २५ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो परिक्षणमा चितवनमा एक सय ६८, काभ्रेपलान्चोकमा एक सय एक, कास्कीमा ९४, झापामा ९३, रुपन्देहीमा ८८, सुनसुरीमा ७८, कैलालीमा ५४, मोरङमा ४७, दाङमा ४५, नवलपरासी (पुर्व) मा ४१, बर्दियामा ३१ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै गुल्मीमा २७, दोलखामा २४, नुवाकोट, पाल्पा र बाँकेमा २२/२२, गोरखामा २१, सिन्धुपाल्चोक र स्याङ्जामा २०/२० जना नयाँ संक्रमित भेटिएका छन् ।
बारामा १९, कन्चनपुरमा १८, धनुषा र सप्तरीमा १६/१६, नवलपरासी (पश्चिम) मा १५, सिराहामा १४, महोत्तरीमा १३, मकवानपुरमा १२, धनकुटा, सर्लाही र कपिलवस्तुमा ११/११, रोल्पा र बझाङमा १०/१० जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी सिन्धुलीमा ९, लमजुङ र बागलुङमा ८/८, तनहुँमा ७, धादिङ, रामेछाप र पर्वतमा ६/६, उदयपुर, ओखलढुङ्गा, पर्सा र दैलेखमा ५/५, म्याग्दी, अर्घाखाँची, प्यूठान, सुर्खेत र डडेलधुरामा ४/४ जनामा कोभिड १९ संक्रमण पाइएको छ ।
खोटाङ, पाँचथर, भोजपुर, अछाम र दार्चुला, बैतडीमा ३/३, तेहथुम, सल्यान र इलाममा २/२, ताप्लेजुङ, रुकुमपश्चिम, हुम्ला र डोटीमा एक/एक जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ७ सय ८८ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा १३ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा २ सय ७९, प्रदेश एकमा २ सय ५३, गण्डकी प्रदेशमा दुई सय ९, प्रदेश दुईमा ९८ र सुदुरपश्चिम प्रदेशमा ९६ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय