arin enterprises

दुई हजार ५३९ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या २ लाख नाघ्यो

SamacharDesk – बिकाश | २०७७ कार्तिक २६, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार ५ सय ६९ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला एक हजार ७ जना छन् भने पुरुषको संख्या एक हजार ५ सय ६२ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख दुई हजार ३ सय २९ पुगेको छ ।

पछिल्लो पटक एक हजार ६ सय ६६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १५ लाख ७४ हजार २ सय ९५ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ८१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार एक सय ९ जना छ ।

सक्रिय संक्रमितको संख्या ३८ हजार ९ सय १२ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा १० हजार ५ सय १९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २८ हजार ३ सय ९३ रहेका छन् ।

देशभरमा ३ सय ८२ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ९५ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४६, प्रदेश २ मा १२, वागमती प्रदेशमा एक सय ७१, गण्डकी प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा ८ र सुदुरपश्चिम प्रदेशमा १५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १६ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ६०, गण्डकी प्रदेशमा ११ र लुम्बिनी प्रदेशमा ६ जना गरी ९५ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ७४ पुगेको छ । आज थप २६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय