१० हजार २२ परिक्षणमा एक हजार ९१३ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ कार्तिक २७, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय १३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ५९ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ५४ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ४ हजार २ सय ४२ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ३ सय ४९ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ६४ हजार ५ सय ९२ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १५ लाख ८४ हजार ३ सय १७ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार २२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ सय ७४ जना छ ।
सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ९ हजार ७७ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २९ हजार ३ सय ८४ रहेका छन् ।
देशभरमा ३ सय ७३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ८७ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४८, प्रदेश २ मा १४, वागमती प्रदेशमा एक सय ६४, गण्डकी प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा ६५, कर्णाली प्रदेशमा ८ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १२ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ५८, गण्डकी प्रदेशमा ११ र लुम्बिनी प्रदेशमा ४ जना गरी ८७ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय ८९ पुगेको छ । आज थप १५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय