आज उपत्यकामा भेटिएका नयाँ संक्रमित हजारभन्दा कम
SamacharDesk – बिकाश | २०७७ कार्तिक २७, बिहिबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ९ सय ७३ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय २८ जना छन् भने पुरुषको संख्या ५ सय ४५ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा सात सय ६४ जना छन् भने ललितपुरमा एक सय २६ र भक्तपुरमा ८३ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा २० हजार ८ सय ४९ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ६ हजार ६ सय ११ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार २ सय ३८ रहेको छ ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९३ हजार ८ सय ९ जना पुगेको छ । हालसम्म काठमाडौंमा ७६ हजार ८४ जना संक्रमित भइसके भने ललितपुरमा १० हजार ८ सय ७७ र भक्तपुरमा ६ हजार ८ सय ४८ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ७२ हजार ५ सय १३ जनाले कोरोनालाई जितिसके भने ४ सय ४७ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक कास्कीमा ७१, मोरङमा ५७, रुपन्देहीमा ५६, तनहुँमा ५२, दाङमा ५१, काभ्रेपलान्चोक, कैलालीमा ५०/५०, झापामा ४९, बाँकेमा ४४, सुनसरी, चितवनमा ३९/३९, मकवानपुरमा २६, बर्दियामा २१, स्याङ्जामा २० जनामा संक्रमण पुष्टि भएको छ ।
गुल्मीमा १९, नुवाकोटमा १८, पाल्पामा १७, सिराहामा १६, धनुषा, दोलखा, कन्चनपुरमा १४/१४, नवलपरासी (पश्चिम) मा १३, पर्सा, गोरखा, लमजुङमा १२/१२, धादिङमा ११ र बागलुङमा १० जना नयाँ संक्रमित भेटिएका छन् ।
सिन्धुपाल्चोक र बझाङमा ९/९, सर्लाही, नवलपरासी (पुर्व), डडेलधुरामा ८/८, सप्तरी र प्यूठानमा ६/६, महोत्तरी, रौतहट, सिन्धुली, पर्वत, रुकुमपश्चिममा ५/५, उदयपुर, बारा, कपिलबस्तु, दैलेख, सल्यानमा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।
ओखलढुङ्गा, धनकुटा, रामेछाप, मुस्ताङ, सुर्खेतमा ३/३, ताप्लेजुङ, अर्घाखाँची, रोल्पा, अछाम, बैतडी, बाजुरामा २/२, तेहथुम, भोजपुर, सोलुखुम्बु, रसुवा, जुम्ला, हुम्ला र डोटीमा एक/एक जनामा संक्रमण देखिएको छ ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार एक सय ४९ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा १८ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा २ सय ३५, गण्डकी प्रदेशमा दुई सय ३५, प्रदेश एकमा एक सय ६०, सुदुरपश्चिम प्रदेशमा ८८ र प्रदेश दुईमा ७० जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय