दुई हजार १११ नयाँ संक्रमित थप, तीन हजार ५३७ निको
SamacharDesk – बिकाश | २०७७ कार्तिक २८, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय ११ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय ५४ जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ५७ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ६ हजार ३ सय ५६ पुगेको छ ।
पछिल्लो पटक तीन हजार ५ सय ३७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ६८ हजार एक सय २९ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १५ लाख ९३ हजार ८ सय ५० जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार ५ सय ३३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ सय ८६ जना छ ।
सक्रिय संक्रमितको संख्या ३७ हजार २२ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ७ हजार ९ सय ७३ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २९ हजार ४९ रहेका छन् ।
देशभरमा ३ सय ८७ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ८७ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४९, प्रदेश २ मा १४, वागमती प्रदेशमा एक सय ६८, गण्डकी प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा ७१, कर्णाली प्रदेशमा ११ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १२ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा ६१, गण्डकी प्रदेशमा ११ र लुम्बिनी प्रदेशमा एक जना गरी ८७ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय दुई पुगेको छ । आज थप १३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय