arin enterprises

उपत्यकामा थपिए एक हजार २०७ नयाँ संक्रमित

SamacharDesk – बिकाश | २०७७ कार्तिक २८, शुक्रबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार दुई सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ५ सय २६ जना छन् भने पुरुषको संख्या ६ सय ८१ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ९ सय १९ जना छन् भने ललितपुरमा एक सय ८० र भक्तपुरमा एक सय ८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा २० हजार एक सय ३९ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ५ हजार ७ सय ३० जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ४ सय ९ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९५ हजार १६ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ७७ हजार ३ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार ५७ र भक्तपुरमा ६ हजार ९ सय ५६ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ७४ हजार ४ सय १६ जनाले कोरोनालाई जितिसके भने ४ सय ५३ जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक मोरङ र सुनसरीमा एक सय ८/एक सय ८, कास्कीमा ७६, झापामा ५६, नवलपरासी (पुर्व) मा ४७, कैलालीमा ४१, काभ्रेपलान्चोक र रुपन्देहीमा ४०/४०, बाँकेमा ३३, मकवानपुरमा २५ जना नयाँ संक्रमित भेटिएका छन् ।

सिराहा र पाल्पामा १९/१९, धादिङ र नुवाकोटमा १७/१७, सप्तरीमा १६, धनुषा र बर्दियामा १५/१५, चितवनमा १४, कन्चनपुरमा ११ र स्याङ्जामा १० जनामा संक्रमण पुष्टि भएको छ ।

सिन्धुपाल्चोक र डोटीमा ९/९, दाङमा ८, उदयपुर, सोलुखुम्बु, पर्सा, महोत्तरी, दोलखा, नवलपरासी (पश्चिम), रोल्पामा ७/७, सर्लाही, सिन्धुली, बागलुङ, गुल्मीमा ६/६, तेहथुम, गोरखा, कपिलवस्तुमा ५/५ जनामा संक्रमण देखिएको छ ।

इलाम, पाँचथर, भोजपुर, तनहुँ, प्यूठान, बझाङमा ४/४, खोटाङ, धनकुटा, संखुवासभा, रौतहट, रामेछाप, पर्वत, सुर्खेत, दार्चुलामा ३/३, बारा, म्याग्दी, लमजुङ, सल्यानमा २/२, ओखलढुङ्गा, ताप्लेजुङ, रसुवा, दैलेख, रुकुमपश्चिम, हुम्ला, अछाममा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ३ सय ४६ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ८ जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा ३ सय १४, गण्डकी प्रदेशमा एक सय ५५, लुम्बिनी प्रदेशमा एक सय ४४, प्रदेश २ मा ७५ र सुदुरपश्चिम प्रदेशमा ६९ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय