आज ८ हजार २९९ मात्र परिक्षण, एक हजार ९४६ संक्रमित थप
SamacharDesk – बिकाश | २०७७ कार्तिक २९, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४६ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय १६ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ३० रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ८ हजार २ सय ९९ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ५ सय ३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ७० हजार ६ सय ३२ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १६ लाख २ हजार ६ सय ३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ८ हजार ७ सय ५३ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार ५७ जना छ ।
सक्रिय संक्रमितको संख्या ३६ हजार ४ सय ५२ जना रहेका छन् ।
देशभरमा ३ सय ७६ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ७७ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ५३, प्रदेश २ मा १३, वागमती प्रदेशमा एक सय ३६, गण्डकी प्रदेशमा ९४, लुम्बिनी प्रदेशमा ६५, कर्णाली प्रदेशमा १० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा १२ जना, प्रदेश २ मा एक, वागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा १३ र लुम्बिनी प्रदेशमा ४ जना गरी ७४ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार २ सय १५ पुगेको छ । आज थप १३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय