८३५ नयाँ संक्रमितसहित उपत्यकाको कुल संक्रमित संख्या ९६ हजार नजिक
SamacharDesk – बिकाश | २०७७ कार्तिक २९, शनिबार

उपत्यपछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ३५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ७९ जना छन् भने पुरुषको संख्या ४ सय ५६ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ६ सय ४२ जना छन् भने ललितपुरमा एक सय ५ र भक्तपुरमा ८८ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १९ हजार ६ सय १९ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ५ हजार ३ सय ८१ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार २ सय ३८ रहेको छ ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९५ हजार ८ सय ५१ जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ७७ हजार ६ सय ४५ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार एक सय ६२ र भक्तपुरमा ७ हजार ४४ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ७५ हजार ७ सय ७३ जनाले कोरोनालाई जितिसके भने ४ सय ५९ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक कास्कीमा २ सय ८, झापामा एक सय २१, रुपन्देहीमा ८२, गोरखामा ६४, काभ्रेपलान्चोकमा ५९, मोरङ र कैलालीमा ५२/५२, तनहुँमा ४३, सुनसुरीमा ३५, बाँकेमा ३४, पर्वत र नवलपरासीमा २४/२४, मकवानपुरमा २३ र कपिलवस्तुमा २१ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै बागलुङ र पाल्पामा १९/१९, डडेलधुरामा १८, सिन्धुपाल्चोक र बर्दियामा १५/१५, धादिङमा १४, चितवन, दोलखा, नवलपरासी (पुर्व) मा १२/१२, म्याग्दी र लमजुङमा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।
बारा, स्याङ्जा, दाङ, कन्चनपुरमा ९/९, धनुषा र डोटीमा ८/८, पर्सा र महोत्तरीमा ७/७, उदयपुरमा ६, सिन्धुली र इलाममा ४/४, सोलुखुम्बु, सिराहा, नुवाकोट, गुल्मी र वैतडीमा ३/३ जनामा संक्रमण देखिएको छ ।
भोजपुर, सप्तरी, रोल्पा र अछाममा २/२, ओखलढुङ्गा, खोटाङ, ताप्लेजुङ, तेर्हथुम, रौतहट, सर्लाही, रामेछाप, दैलेख, सल्यान र दार्चुलामा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ९ सय ७८ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा मात्र २ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा गण्डकी प्रदेशमा ३ सय ९९, प्रदेश एकमा २ सय २७, लुम्बिनी प्रदेशमा २ सय ९, सुदुरपश्चिम प्रदेशमा ९३ र प्रदेश २ मा ३८ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय