arin enterprises

एक हजार ४७७ नयाँ संक्रमित थप, परिक्षण संख्या ६ हजार ४७६ मात्र

SamacharDesk – बिराज | २०७७ कार्तिक ३०, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ६५ जना छन् भने पुरुषको संख्या ९ सय १२ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ९ हजार ७ सय ७६ पुगेको छ ।

पछिल्लो पटक दुई हजार ७ सय ९८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ७३ हजार ४ सय ३० पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १६ लाख ९ हजार ७९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ४ सय ७६ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार २१ जना छ ।

सक्रिय संक्रमितको संख्या ३५ हजार एक सय २५ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ६ हजार ६ सय ७६ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २८ हजार ४ सय ४९ रहेका छन् ।

देशभरमा ३ सय ५४ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६४ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४५, प्रदेश २ मा १६, वागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा ९४, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा १० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ११ जना, प्रदेश २ मा एक, वागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा १३ र लुम्बिनी प्रदेशमा ४ जना गरी ६४ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय २१ पुगेको छ । आज थप ६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय