पाँच हजार परिक्षण पनि भएन, एक हजार १९७ जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार एक सय ९७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ४ सय ६२ जना छन् भने पुरुषको संख्या ७ सय ३५ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १० हजार ९ सय ७३ पुगेको छ ।
पछिल्लो पटक दुई हजार ९ सय ३४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ७६ हजार ३ सय ६४ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १६ लाख १३ हजार ९ सय ११ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ४ हजार ८ सय ३२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार १३ जना छ ।
सक्रिय संक्रमितको संख्या ३३ हजार ३ सय ७९ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा ५ हजार १९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २८ हजार ३ सय ६० रहेका छन् ।
देशभरमा ३ सय १० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४४ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४६, प्रदेश २ मा १५, वागमती प्रदेशमा ९२, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा १० र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ११ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा २ र लुम्बिनी प्रदेशमा ४ जना गरी ४४ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे कास्की, नवलपरासी (पुर्व), दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय ३० पुगेको छ । आज थप ९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय