arin enterprises

काठमाडौं उपत्यकाका कुल संक्रमित ९७ हजार नाघ्यो

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १, सोमबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ५ सय एक जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला २ सय १२ जना छन् भने पुरुषको संख्या २ सय ८९ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमा काठमाडौंमा ३ सय ७३ जना छन् भने ललितपुरमा ८४ र भक्तपुरमा ४४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १७ हजार ६ सय ७१ जना सक्रिय संक्रमित उपचाररत छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ५६ जना छन् भने होम आइसोलेसनमा रहनेको संख्या १४ हजार ३ सय १५ रहेको छ ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९७ हजार एक सय ५९ जना पुगेको छ । हालसम्म काठमाडौंमा ७८ हजार ६ सय ५० जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार ३ सय ७९ र भक्तपुरमा ७ हजार एक सय ३० जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ७९ हजार २५ जनाले कोरोनालाई जितिसके भने ४ सय ६३ जनाले ज्यान गुमाइसके ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक मोरङमा एक सय १३, सुनसरीमा ९८, कास्कीमा ९३, कैलालीमा ७२, नवलपरासी (पुर्व) मा ४४, झापामा ३०, मकवानपुरमा २९, बाँकेमा २७, काभ्रेपलान्चोकमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

कन्चनपुरमा १८, गोरखा र लमजुङमा १५/१५, मुस्ताङमा १३, पाल्पामा ९, उदयपुर, सप्तरी, दोलखा, बागलुङमा ८/८, चितवन, रुपन्देहीमा ७÷७, धनुषा, सिन्धुपाल्चोकमा ६÷६, पाँचथर,, सिराहा, तनहुँ, बर्दियामा ५/५ र पर्वतमा ४ जना संक्रमित थपिएका छन् ।

स्याङ्जा र दाङमा ३/३, संखुवासभा, महोत्तरी, सर्लाही, नुवाकोट, रामेछाप, रसुवा, सिन्धुलीमा २/२ र खोटाङ, ताप्लेजुङ, तेर्‍हथुम, धादिङ, अर्घाखाँची, नवलपरासी, प्यूठान, अछाम, इलाममा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ५ सय ८० जना छन् भने कर्णाली प्रदेशमा एक जना पनि नयाँ संक्रमित भेटिएन ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा २ सय ६०, गण्डकी प्रदेशमा एक सय ८९, सुदुरपश्चिम प्रदेशमा ९१, लुम्बिनी प्रदेशमा ५४ र प्रदेश दुईमा २३ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय