arin enterprises

पाँच सय २ जना नयाँ संक्रमित थपिए, मात्र ३ हजार ११२ नमूनाको परिक्षण

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा पाँच सय २ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला २ सय ४ जना छन् भने पुरुषको संख्या २ सय ९८ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ११ हजार ४ सय ७५ पुगेको छ ।

पछिल्लो पटक दुई हजार ८ सय ७८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ७९ हजार २ सय ४२ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १६ लाख १७ हजार २३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ३ हजार एक सय १२ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या एक हजार ३ रहेको छ ।

सक्रिय संक्रमितको संख्या ३० हजार ९ सय ८६ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा २ हजार ७ सय ७९ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २८ हजार २ सय ७ रहेका छन् ।

देशभरमा ३ सय १८ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ३८ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४३, प्रदेश २ मा १६, वागमती प्रदेशमा एक सय ३, गण्डकी प्रदेशमा ७८, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ७ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा २, लुम्बिनी प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ३८ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय ४७ पुगेको छ । आज थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय