उपत्यकामा ३ सय ३९ नयाँ संक्रमित थप, निको हुनेको संख्या ८० हजार नाघ्यो
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २, मंगलबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ३ सय ३९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला एक सय ४६ जना छन् भने पुरुषको संख्या एक सय ९३ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय ८९ जना छन् भने ललितपुरबाट ३८ र भक्तपुरबाट १२ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १६ हजार ५ सय ३५ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९७ हजार पाँच सय ५२ जना पुगेको छ । हालसम्म काठमाडौंमा ७८ हजार ९ सय ३९ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार ४ सय ७१ र भक्तपुरमा ७ हजार एक सय ४२ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ८० हजार ४ सय ९३ जनाले कोरोनालाई जितिसके भने ४ सय ७० जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक रुपन्देहीमा ३६, चितवन र पाल्पामा १८/१८, मकवानपुरमा १२, धनुषामा ११ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै नवलपरासी (पुर्व) मा ९, झापामा ६, महोत्तरीमा ५, बारा, नवलपरासी, बाँकेमा ४/४, काभ्रेपलान्चोक, धादिङ र तनहुँमा ३/३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सप्तरी, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, गुल्मीमा २/२ जना, संखुवासभा, सुनसरी, पर्सा, रौतहट, सिराहा, सिन्धुली, बागलुङ, स्याङ्जा, अर्घाखाँची, दाङ, बर्दिया, कन्चनपुर र दार्चुलामा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ३ सय ८० जना छन् भने कर्णाली प्रदेशमा एक जना पनि नयाँ संक्रमित भेटिएन ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश लुम्बिनी प्रदेशमा ६७, प्रदेश दुईमा २७, गण्डकी प्रदेशमा १८, प्रदेश एकमा ८ र सुदुरपश्चिम प्रदेशमा २ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय