एक हजार ४४२ नयाँ संक्रमित थप, आज परिक्षण संख्या ६ हजार बढि
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ४ सय ४२ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ३४ जना छन् भने पुरुषको संख्या ९ सय ८ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १२ हजार ९ सय १७ पुगेको छ ।
पछिल्लो पटक ३ हजार ५ सय ३८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ८२ हजार ७ सय ८० पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १६ लाख २३ हजार ७ सय ५४ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ६ हजार ७ सय ३१ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ९ सय १० रहेको छ ।
सक्रिय संक्रमितको संख्या २८ हजार ८ सय ७८ जना रहेका छन् । तीमध्ये संस्थागत आइशोलेशनमा २ हजार ४ सय ५७ जना रहेका छन् भने होम आइशोलेशनमा रहनेको संख्या २६ हजार ४ सय २१ रहेका छन् ।
देशभरमा ३ सय २६ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५४ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४९, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय १९, गण्डकी प्रदेशमा ७९, लुम्बिनी प्रदेशमा ५५, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ७ जना, प्रदेश २ मा २, वागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा १२ र लुम्बिनी प्रदेशमा ४ जना गरी ३८ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय ५९ पुगेको छ । आज थप १२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय