दुई हजार १०३ जनामा संक्रमण पुष्टि, परिक्षण संख्या ९ हजार ८०५
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा दुई हजार एक सय ३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ८ सय ६४ जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ३९ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १५ हजार २० पुगेको छ ।
पछिल्लो पटक २ हजार ८ सय ५८ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १६ लाख ३३ हजार ५ सय ५९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ९ हजार ८ सय ५ वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ सय ६७ रहेको छ ।
सक्रिय संक्रमितको संख्या २८ हजार एक सय ६ जना रहेका छन् । होम आइसोलेसनमा २५ हजार ४ सय ३७ जना छन् भने संस्थागत आइसोलेसनमा रहेनेको संख्या २ हजार ६ सय ६९ रहेको छ ।
देशभरमा ३ सय ८० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६२ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४८, प्रदेश २ मा ११, वागमती प्रदेशमा एक सय ६१, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ५५, कर्णाली प्रदेशमा १० र सुदुरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ३ जना, प्रदेश २ मा एक, वागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ३८ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे कास्की, दाङ, रुपन्देही र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय ७६ पुगेको छ । आज थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय