५८.४४ प्रतिशत नयाँ संक्रमित उपत्यकामा, एक हजार २२९ नयाँ संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार २ सय २९ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ५ सय १३ जना छन् भने पुरुषको संख्या सात सय १६ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ९ सय ६५ जना छन् भने ललितपुरबाट एक सय ८९ र भक्तपुरबाट ७५ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १५ हजार ६ सय ७४ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या ९९ हजार ७ सय ६५ जना पुगेको छ । हालसम्म काठमाडौंमा ८० हजार ७ सय २६ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार ७ सय ७४ र भक्तपुरमा ७ हजार २ सय ६५ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ८३ हजार ६ सय ९ जनाले कोरोनालाई जितिसके भने ४ सय ८२ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक मोरङमा एक सय २८, चितवनमा ८०, सुनसरीमा ७९, कास्कीमा ७६, रुपन्देहीमा ५७, झापामा ५१, दाङमा ३२, मकवानपुरमा २३, बाँकेमा २१, सप्तरीमा २० जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै धनुषा, पर्सा, काभ्रेपलान्चोकमा १६/१६, नुवाकोट र गोरखामा १४/१४, बागलुङमा १३, पाँचथर, नवलपरासी (पुर्व), लमजुङ, गुल्मी, नवलपरासीमा १२/१२, तनहुँ र कपिलवस्तुमा ११/११, सिराहा, स्याङ्जा, पाल्पामा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।
संखुवासभा, धादिङ, सिन्धुपाल्चोक, बझाङमा ९/९, बर्दियामा ६, सर्लाही र कैलालीमा ५/५, उदयपुर, महोत्तरी, मुस्ताङ, अर्घाखाँची, दैलेख र डडेलधुरामा ४/४, बारा, रौतहट, सिन्धुली, कन्चनपुरमा ३/३ जना कोरोना पोजेटिभ पाइएका छन् ।
ओखलढुङ्गा, रसुवा, पर्वत, रुकुमपश्चिम, इलाम, दार्चुलामा २/२, खोटाङ, धनकुटा, भोजपुर, दोलखा, रामेछाप र बैतडीमा एक/एक जना संक्रमित देखिएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ३ सय ८७ जना छन् भने कर्णाली प्रदेशमा ६ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा दुई सय ९०, लुम्बिनी प्रदेशमा एक सय ६५, गण्डकी प्रदेशमा एक सय ५४, प्रदेश दुईमा ७७ र सुदुरपश्चिम प्रदेशमा २४ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय