एक हजार ९४५ नयाँ संक्रमित थप, २२ जनाको मृत्यु
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ५, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ४० जना छन् भने पुरुषको संख्या एक हजार दुई सय ५ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १६ हजार ९ सय ६५ पुगेको छ ।
पछिल्लो पटक ५ हजार ३ सय ६४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ९१ हजार २ पुगेको छ ।
आजसम्ममा पिसिआर विधिबाट १६ लाख ४३ हजार ८ सय ९९ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा १० हजार ३ सय ४० वटा नमूनाको परिक्षणहरु भएका छन् ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ सय ५३ रहेको छ ।
सक्रिय संक्रमितको संख्या २४ हजार ६ सय ६५ जना रहेका छन् । होम आइसोलेसनमा १९ हजार १४ जना छन् भने संस्थागत आइसोलेसनमा रहेनेको संख्या ५ हजार ६ सय ५१ रहेको छ ।
देशभरमा ४ सय ३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६३ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४८, प्रदेश २ मा १२, वागमती प्रदेशमा एक सय ७७, गण्डकी प्रदेशमा ८८, लुम्बिनी प्रदेशमा ५९, कर्णाली प्रदेशमा १२ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ६ जना, प्रदेश २ मा एक, वागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा १२, लुम्बिनी प्रदेशमा ५ र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ६३ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ मात्र रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे कास्की, दाङ, रुपन्देही र कैलाली रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार दुई सय ९८ पुगेको छ । आज थप २२ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय