उपत्यकामा एक हजार १०७ नयाँ संक्रमित भेटिए, बागमती प्रदेशमा एक हजार ३१७
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ५, शुक्रबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार एक सय ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय ८४ जना छन् भने पुरुषको संख्या ६ सय २३ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ८ सय २३ जना छन् भने ललितपुरबाट एक सय ७४ र भक्तपुरबाट ७१ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १२ हजार ६ सय ९२ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ८ सय ७२ जना पुगेको छ । हालसम्म काठमाडौंमा ८१ हजार ५ सय ८८ जना संक्रमित भइसके भने ललितपुरमा ११ हजार ९ सय ४८ र भक्तपुरमा ७ हजार ३ सय ३६ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ८७ हजार ६ सय ९२ जनाले कोरोनालाई जितिसके भने ४ सय ८८ जनाले ज्यान गुमाइसके ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटक कास्कीमा ८८, चितवनमा ८७, रुपन्देहीमा ६०, सुनसरीमा ५५, काभ्रेपलान्चोकमा ५४, दाङमा ५१, संखुवासभामा ३४, झापामा ३३, धनुषा र कैलालीमा २४/२४, मोरङमा २० जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपरासी र दार्चुलामा १९/१९, सिराहा र दोलखामा १७/१७, पाल्पामा १५, धादिङ र नवलपरासी (पुर्व) १४/१४, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा र लमजुङ ११/११ जनामा संक्रमण देखिएको छ ।
बर्दिया ९, मकवानपुर र बाँकेमा ८/८, उदयपुर, बारा, तनहुँ, स्याङ्जा, कपिलवस्तु, कन्चनपुरमा ७/७, ओखलढुङ्गा, रामेछाप, प्यूठान, सल्यानमा ६/६, बागलुङ र डडेलधुरामा ५/५, तेर्हथुम, महोत्तरी, गुल्मीमा ४/४ जना कोरोना पोजेटिभ पाइएका छन् ।
त्यसैगरी सोलुखुम्बु, सर्लाही, बैतडीमा ३/३, इलाम, धनकुटा, सप्तरी, सिन्धुली, अर्घाखाँची, दैलेख, सुर्खेत, बझाङमा २/२, पाँचथर, भोजपुर, पर्सा, रौतहट, पर्वत, म्याग्दी, कालिकोट, रुकुमपश्चिम, अछाम, डोटी, बाजुरामा एक/एक जना संक्रमित भेटिएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ३ सय १७ जना छन् भने कर्णाली प्रदेशमा १२ जना नयाँ संक्रमित भेटिएका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा एक सय ८१, प्रदेश एकमा एक सय ६८, गण्डकी प्रदेशमा एक सय ४५, सुदुरपश्चिम प्रदेशमा ६३, प्रदेश दुईमा ५९ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय