arin enterprises

एक हजार ६४७ जनामा संक्रमण पुष्टि, मृतक संख्या १३ सय नाघ्यो

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ६, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६ सय ७४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ११ जना छन् भने पुरुषको संख्या एक हजार १३ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख १८ हजार ६ सय ३९ पुगेको छ ।

पछिल्लो पटक २ हजार ३ सय २३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या एक लाख ९३ हजार ३ सय २५ पुगेको छ ।

आजसम्ममा पिसिआर विधिबाट १६ लाख ५२ हजार ४३ जनाको परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा ८ हजार एक सय ४४ वटा नमूनाको परिक्षणहरु भएका छन् ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ७ सय ५७ रहेको छ ।

सक्रिय संक्रमितको संख्या २४ हजार ९ जना रहेका छन् । होम आइसोलेसनमा १७ हजार २ सय ६ जना छन् भने संस्थागत आइसोलेसनमा रहेनेको संख्या ६ हजार ८ सय ३ रहेको छ ।

देशभरमा ३ सय ३६ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ४७ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४६, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय २१, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ५६, कर्णाली प्रदेशमा ११ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ८, प्रदेश २ मा एक, वागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा १४ र लुम्बिनी प्रदेशमा २ जना गरी ४७ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र मुगु रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे कास्की, दाङ, रुपन्देही र कैलाली रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ५ पुगेको छ । आज थप ७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय