arin enterprises

एक हजार ९८० नयाँ संक्रमित थप, बढेन परिक्षण संख्या

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ८, सोमबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ८० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ८९ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ९१ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २२ हजार २ सय ८८ पुगेको छ ।

पछिल्लो पटक ३ हजार ४३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख २ हजार ६७ पुगेको छ ।

चाडबाडका बीच घटेको पिसिआर परिक्षणको संख्या अझै बढ्न सकेको छैन ।

आज देशैभरिको कोभिड प्रयोगशालाहरुमा जम्मा १० हजार ३ सय ८१ वटा नमूनाको परिक्षण भए । आजसम्ममा पिसिआर विधिबाट १६ लाख ७० हजार ४ सय ५६ जनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय २९ रहेको छ ।

सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ जना रहेका छन् । होम आइसोलेसनमा १२ हजार २ सय ७१ जना छन् भने संस्थागत आइसोलेसनमा रहेनेको संख्या ६ हजार ६ सय १३ रहेको छ ।

देशभरमा ३ सय ६५ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६३ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ५२, प्रदेश २ मा ९, वागमती प्रदेशमा एक सय ४४, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ५८, कर्णाली प्रदेशमा १२ र सुदुरपश्चिम प्रदेशमा ४ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ११, प्रदेश २ मा एक, वागमती प्रदेशमा ३४, गण्डकी प्रदेशमा १४ र लुम्बिनी प्रदेशमा ३ जना गरी ४७ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र मुगु रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ३७ पुगेको छ । आज थप १६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय