उपत्यकामा थपिए एक हजार ७ नयाँ संक्रमित
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ८, सोमबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये एक हजार ७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय ५४ जना छन् भने पुरुषको संख्या ५ सय ५३ रहेको छ ।
उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ७ सय ७९ जना छन् भने ललितपुरबाट एक सय ४३ र भक्तपुरबाट ८५ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा १० हजार ७ सय ९३ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ३ हजार ७ सय ३५ जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ८३ हजार ८ सय २५ जना संक्रमित भइसके भने ललितपुरमा १२ हजार ३ सय ८७ र भक्तपुरमा ७ हजार ५ सय २३ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये ९२ हजार ४ सय ४१ जनाले कोरोनालाई जितिसके भने ५ सय एक जनाको ज्यान गइसक्यो ।
कुन जिल्लामा कति थपिए
पछिल्लो पटकको परिक्षणमा झापामा एक सय ६, चितवनमा ८३, कास्कीमा ७०, काभ्रेपलान्चोक र मकवानपुरमा ५४/५४, दाङमा ५१, सुनसरीमा ५०, रुपन्देहीमा ४७, गोरखामा ३८, मोरङमा ३७ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै कैलालीमा २६, नवलपरासी (पुर्व) मा २०, दोलखा, नुवाकोट, तनहुँ, बागलुङमा १६/१६, पर्सा र बाँकेमा १५/१५, धादिङमा १४, सिन्धुपाल्चोकमा १३, संखुवासभा, सप्तरी, प्यूठानमा १२/१२, ताप्लेजुङ, कपिलवस्तुमा ११/११ र पाल्पामा १० जनामा संक्रमण देखिएको छ ।
नवलपरासीमा ९, स्याङ्जा, जुम्लामा ८/८, डडेलधुरामा ७, सोलुखुम्बु, रसुवा, पर्वत, सल्यान, कन्चनपुरमा ६/६, इलाम, धनकुटा, म्याग्दी, लमजुङ, बर्दिया, सुर्खेतमा ५/५, उदयपुर, बारा, रौतहट, सिराहामा ४/४ जना संक्रमित भेटिएका छन् ।
त्यसैगरी खोटाङ, धनुषा, सर्लाही, रामेछाप, सिन्धुली, अर्घाखाँची, दैलेख, डोटीमा ३/३, ओखलढुङ्गा, भोजपुर, महोत्तरी, गुल्मी, अछाम, बैतडीमा २/२ र तेर्हथुम, पाँचथर, कालिकोट, बझाङमा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।
प्रदेशहरुमा संक्रमणको अवस्था
पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये ६४ दशमलव ०२ प्रतिशत वागमती प्रदेशमा रहेका छन् ।
पछिल्लो संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार दुई सय ६९ छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २३ जना रहेका छन् ।
त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा २ सय ४५, गण्डकी प्रदेशमा एक सय ८४, लुम्बिनी प्रदेशमा एक सय ६५, प्रदेश दुई र सुदुरपश्चिम प्रदेशमा ४७/४७ जना नयाँ संक्रमित थपिएका छन् ।
Categorized in राष्ट्रिय