१० हजार ८४३ नमूना परिक्षणबाट एक हजार ७९० जनामा संक्रमण पुष्टि
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ९, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ९० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय २१ जना छन् भने पुरुषको संख्या एक हजार ६९ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २४ हजार ७८ पुगेको छ ।
पछिल्लो पटक २ हजार ७ सय ९१ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ ।
आज पनि देशैभरिको कोभिड प्रयोगशालाहरुबाट १० हजार ८ सय ४३ वटा नमूनाको मात्र परिक्षण भए । दैनिक १८ हजार परिक्षण क्षमता भएको दावी गरेको सरकारले चाडबाडका बीच घटेको परिक्षण संख्यालाई अहिलेसम्म बढाउन सकेको छैन ।
आजसम्ममा पिसिआर विधिबाट १६ लाख ८१ हजार २ सय ९९ जनाको परिक्षण भएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय २७ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ५९ जना रहेका छन् । तीमध्ये ३ सय ९३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५७ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ५२, प्रदेश २ मा १०, वागमती प्रदेशमा एक सय ४९, गण्डकी प्रदेशमा एक सय २, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा ११ र सुदुरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ७, वागमती प्रदेशमा ४०, गण्डकी प्रदेशमा ८ र लुम्बिनी प्रदेशमा २ जना गरी ५७ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ र मुगु रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ६१ पुगेको छ । आज एकैदिन थप २४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय