arin enterprises

नयाँ संक्रमितमध्ये ९ सय ४७ जना काठमाडौं उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ९, मंगलबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ९ सय ४७ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ४ सय १० जना छन् भने पुरुषको संख्या ५ सय ३७ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय ९२ जना छन् भने ललितपुरबाट एक सय ९० र भक्तपुरबाट ६५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ९ हजार ९ सय ४१ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ४ हजार ६ सय ८२ जना पुगेको छ । हालसम्म काठमाडौंमा ८४ हजार ५ सय १७ जना संक्रमित भइसके भने ललितपुरमा १२ हजार ५ सय ७७ र भक्तपुरमा ७ हजार ५ सय ८८ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ९४ हजार २ सय ३२ जनाले कोरोनालाई जितिसके भने ५ सय ९ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटकको परिक्षणमा सुनसरीमा एक सय १०, कास्कीमा ८३, मोरङमा ७५, काभ्रेपलान्चोक, कैलालीमा ६१/६१, बाँके, रुपन्देहीमा ३८/३८, दाङमा ३६, झापा, बर्दियामा ३३/३३, गोरखामा २५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै चितवनमा १७, धादिङमा १५, सिन्धुपाल्चोक, तनहुँमा १३/१३, पाल्पामा ११, सप्तरी, अर्घाखाँचीमा १०/१० जना कोरोना पोजेटिभ पाइएका छन् ।

नवलपरासी (पुर्व), कपिलवस्तु, नवलपरासी (पश्चिम) मा ९/९, नुवाकोट र स्याङ्जामा ८/८, पर्सा, रामेछाप, कन्चनपुरमा ७/७, लमजुङमा ६ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी  इलाम, उदयपुर, तेर्‍हथुम, धनकुटा, बारा, रौतहट, सिराहा, दोलखा, डडेलधुरामा ५/५, गुल्मी, दैलेख, रुकुमपश्चिममा ३/३ जना संक्रमित भेटिएका छन् ।

भोजपुर, संखुवासभा, सोलुखुम्बु, धनुषा, महोत्तरी, मकवानपुर, सिन्धुली, बागलुङ, प्यूठान, सल्यान, हुम्लामा २/२, ओखलढुङ्खा, खोटाङ, सर्लाही, रसुवा, पर्वत, म्याग्दी, कालिकोट, जाजरकोट, जुम्ला, अछाम, दार्चुला र बझाङमा एक/एक जनालाई कोरोना संक्रमण भएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा मात्रै ६० दशमलव २२ प्रतिशत रहेका छन् ।

पछिल्लो संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार ७८ छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १३ जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा २ सय ४९, लुम्बिनी प्रदेशमा एक सय ८९, गण्डकी प्रदेशमा एक सय ४८,सुदुरपश्चिम प्रदेशमा ७६, प्रदेश २ मा ३७ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय