एक हजार ९४८ जनामा संक्रमण पुष्टि, परिक्षण संख्या १० हजार भन्दा कम
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १०, बुधबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ९ सय ४८ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ७ सय ७४ जना छन् भने पुरुषको संख्या एक हजार एक सय ७४ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २६ हजार २६ पुगेको छ ।
पछिल्लो पटक ३ हजार १ सय ४० जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ७ हजार ९ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट १० हजार भन्दा कम नमूनाको मात्र परिक्षण भएको छ । पछिल्लो पटक गरिएको ९ हजार २ सय १० नमूना परिक्षणसँगै आजसम्म पिसिआर विधिबाट भएको परिक्षणको संख्या १६ लाख ९० हजार ५ सय ९ जनाको परिक्षण भएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय ६९ रहेको छ ।
सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ जना रहेका छन् । तीमध्ये १० हजार एक सय ८४ होम आइसोलेसनमा छन् भने ६ हजार ४ सय ५५ जना संस्थागत आइसोलेसनमा छन् ।
३ सय ४५ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६३ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ३२, प्रदेश २ मा ८, वागमती प्रदेशमा एक सय ३६, गण्डकी प्रदेशमा ८६, लुम्बिनी प्रदेशमा ६३, कर्णाली प्रदेशमा १२ र सुदुरपश्चिम प्रदेशमा ८ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ८, वागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा ११ र लुम्बिनी प्रदेशमा ३ जना गरी ६३ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ, डोल्पा र मुगु रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ३ सय ८९ पुगेको छ । आज एकैदिन थप २८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय