arin enterprises

कुल संक्रमितमध्ये ८ सय ३५ जना काठमाडौं उपत्यकामा

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १०, बुधबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय ३५ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ५० जना छन् भने पुरुषको संख्या ४ सय ८५ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ६ सय ३५ जना छन् भने ललितपुरबाट एक सय १३ र भक्तपुरबाट ८७ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ९ हजार ७ सय ३९ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ५ हजार ५ सय १७ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ८५ हजार एक सय ५२ जना संक्रमित भइसके भने ललितपुरमा १२ हजार ६ सय ९० र भक्तपुरमा ७ हजार ६ सय ७५ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ९५ हजार २ सय ६१ जनाले कोरोनालाई जितिसके भने ५ सय ९ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटकको परिक्षणमा झापामा एक सय ९३, कास्कीमा ९०, चितवनमा ८२, मोरङमा ७२, सुनसरीमा ५३, दाङमा ५१, रुपन्देहीमा ४७, धनुषामा ४६, मकवानपुरमा ३७, काभ्रेपलान्चोकमा ३१, गुल्मीमा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

संखुवासभामा २८, पाल्पामा २५, सिराहामा २०, नवलपरासी (पुर्व), इलाममा १९/१९, नवलपरासी, बाँकेमा १७/१७, तनहुँमा १५, गोरखामा १४, महोत्तरी, स्याङ्जा, दार्चुला, वैतडीमा १३/१३, बागलुङमा १२ र सप्तरीमा १० जना संक्रमित भेटिएका छन् ।

त्यस्तै उदयपुर, सर्लाही, सिन्धुपाल्चोक, लमजुङ, कपिलवस्तु, प्यूठानमा ८/८, पाँचथरमा ७, पर्वत र डडेलधुरामा ६/६, नुवाकोटमा ५, दोलखा, सिन्धुली, अर्घाखाँची, बर्दिया, बाजुरामा ४/४ जनामा संक्रमण पुष्टि भएको छ ।

भोजपुर, पर्सा, बारा, रौतहट, धादिङ, रामेछाप, म्याग्दी, रोल्पा, कैलालीमा ३/३, खोटाङ, तेर्‍हथुम, अछाम, जुम्ला, डोटीमा २/२, ओखलढुङ्गा, धनकुटा, रसुवा, कन्चनपुरमा एक/एक जना कोरोना पोजेटिभ देखिएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५२ प्रतिशत रहेका छन् ।

पछिल्लो संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा एक हजार १३ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २ जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा ३ सय ८९, लुम्बिनी प्रदेशमा २ सय १४, गण्डकी प्रदेशमा एक सय ८०, प्रदेश २ मा एक सय ६ र सुदुरपश्चिम प्रदेशमा ४४ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय