एक हजार ६१४ नयाँ संक्रमित थप, परिक्षण संख्या १७ लाख पुग्यो
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ६ सय १४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ४० जना छन् भने पुरुषको संख्या ९ सय ७४ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको छ ।
पछिल्लो पटक एक हजार ४ सय ३७ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ ।
पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ९ हजार ४ सय ९१ नमूनाको परिक्षण भएको छ । आजसम्म गरिएको आरटि पिसिआर परिक्षणको संख्या १७ लाख पुगेको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय ८० रहेको छ ।
सक्रिय संक्रमितको संख्या १६ हजार ७ सय ९३ जना रहेका छन् । तीमध्ये १० हजार ५ सय ७५ होम आइसोलेसनमा छन् भने ६ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा छन् ।
३ सय ३३ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५६ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४३, प्रदेश २ मा ४, वागमती प्रदेशमा एक सय ३६, गण्डकी प्रदेशमा ६८, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा १२ र सुदुरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ६, प्रदेश २ मा १, वागमती प्रदेशमा ३५, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ५६ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ, डोल्पा र मुगु रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय १२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय