arin enterprises

कुल संक्रमित २ लाख २९ हजार नाघ्यो, निको हुने २ लाख १० हजार बढि

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १२, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ७ सय ३ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ६ सय ९६ जना छन् भने पुरुषको संख्या एक हजार ७ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख २९ हजार ३ सय ४३ पुगेको छ ।

पछिल्लो पटक एक हजार २ सय ३६ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख १० हजार ६ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट १० हजार ४ सय ६० नमूनाको परिक्षण भएको छ । आजसम्म गरिएको आरटि पिसिआर परिक्षणको संख्या १७ लाख १० हजार ४ सय ६० पुगेको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय एक जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १७ हजार २ सय ३७ जना रहेका छन् । तीमध्ये १० हजार ९ सय ४४ जना होम आइसोलेसनमा छन् भने ६ हजार २ सय ९३ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय ५४ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५४ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३७, प्रदेश २ मा ४, वागमती प्रदेशमा एक सय १५, गण्डकी प्रदेशमा एक सय १७, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा ११ र सुदुरपश्चिम प्रदेशमा ६ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १०, प्रदेश २ मा १, वागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ५४ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ३५ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २३ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय