arin enterprises

पछिल्लो परिक्षणमा उपत्यकामा ८ सय २२ जनामा संत्रमण

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १२, शुक्रबार

पछिल्लो २४ घन्टामा थपिएका कोभिड १९ का नयाँ संक्रमितमध्ये ८ सय २२ जना काठमाडौं उपत्यकाबाट रहेका छन् । तीमध्ये महिला ३ सय ७९ जना छन् भने पुरुषको संख्या ४ सय ४३ रहेको छ । उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ५ सय ९९ जना छन् भने ललितपुरबाट एक सय ६० र भक्तपुरबाट ६३ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १० हजार २१ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ७ हजार एक सय २४ जना पुगेको छ । हालसम्म काठमाडौंमा ८६ हजार ३ सय ७१ जना संक्रमित भइसके भने ललितपुरमा १२ हजार ९ सय ६४ र भक्तपुरमा ७ हजार ७ सय ८९ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ९६ हजार ५ सय ६९ जनाले कोरोनालाई जितिसके भने ५ सय ३४ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटकको परिक्षणमा मोरङमा एक सय ९, झापामा ९६, रुपन्देहीमा ७०, कास्कीमा ५४, दाङमा ४५, सुनसरीमा ३९, कैलालीमा ३७, काभ्रेपलान्चोकमा २८, बाँकेमा २६, चितवनमा २५, बर्दियामा २३ र मकवानपुरमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पाल्पामा १७, नुवाकोटमा १६, तनहुँ र नवलपरासीमा १५÷१५, कन्चनपुरमा १२, धनुषा, कपिलवस्तु, गुल्मी र वैतडीमा ११/११, दोलखा, पर्वत र स्याङ्जामा १०/१० जनामा संक्रमण देखिएको छ ।

पर्सा, सप्तरी, सिराहा र जुम्लामा ९/९, गोरखा, दैलेख, अछाम र बझाङमा ८/८, धादिङमा ७, बारा, सर्लाही, सिन्धुपाल्चोक, सल्यान र डडेलधुरामा ६/६, लमजुङमा ५, महोत्तरी, सिन्धुली, नवलपरासी (पुर्व), जाजरकोट र सुर्खेतमा ४/४ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी खोटाङ र प्यूठानमा ३/३, उदयपुर, ताप्लेजुङ, पाँचथर, भोजपुर, रौतहट, रोल्पा र मुगुमा २/२, ओखलढुङ्गा, धनकुटा, संखुवासभा, रसुवा, अर्घाखाँची, रुकुमपश्चिम, डोटी, दार्चुला र इलाममा एक/एक जना कोरोना पोजेटिभ पाइएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५५ दशमलव १९ प्रतिशत रहेका छन् ।

पछिल्लो संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ९ सय ४० जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३४ जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा २ सय ५९, लुम्बिनी प्रदेशमा २ सय २४, गण्डकी प्रदेशमा एक सय ६, सुदुरपश्चिम प्रदेशमा ८४ र प्रदेश २ मा ५६ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय