arin enterprises

एक हजार ३८० नयाँ संक्रमित थपिँदा ५ सय १५ मात्र निको

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १३, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ८० जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ४६ जना छन् भने पुरुषको संख्या ८ सय ३४ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३० हजार ७ सय २३ पुगेको छ ।

पछिल्लो पटक ५ सय १५ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख ११ हजार एक सय ८६ पुगेको छ ।

आजसम्म गरिएको आरटि पिसिआर परिक्षणको संख्या १७ लाख १९ हजार ८ सय २८ पुगेको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ९ हजार ३ सय ६८ नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय १८ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १८ हजार ८३ जना रहेका छन् । तीमध्ये १२ हजार ५ सय ४६ जना होम आइसोलेसनमा छन् भने ५ हजार ५ सय ३७ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय २५ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५० जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ३९, प्रदेश २ मा ५, वागमती प्रदेशमा ८४, गण्डकी प्रदेशमा सय, लुम्बिनी प्रदेशमा ८०, कर्णाली प्रदेशमा १० र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा १०, प्रदेश २ मा १, वागमती प्रदेशमा २४, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ५० जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ । ५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही र कास्की रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ५४ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १९ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय