arin enterprises

उपत्यकामा नयाँ संक्रमितको संख्या घट्दो दरमा, पछिल्लो पटक ६ सय ४५ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १३, शनिबार

पछिल्ला दिनहरुमा उपत्यकामा नयाँ संक्रमितको संख्यामा कमी आउँदै गएको देखिन्छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ४५ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ८५ जना छन् भने पुरुषको संख्या ३ सय ६० रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय ८५ जना छन् भने ललितपुरबाट एक सय २४ र भक्तपुरबाट ३६ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा १० हजार २ सय ९७ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ७ हजार ४८ जना पुगेको छ । हालसम्म काठमाडौंमा ८६ हजार ८ सय ५६ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार ८८ र भक्तपुरमा ७ हजार एक सय ४ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ९६ हजार ९ सय २६ जनाले कोरोनालाई जितिसके भने ५ सय ४६ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक कास्कीमा एक सय १८, झापामा ६८, सुनसरीमा ५९, रुपन्देहीमा ५८, मोरङमा ४१, बाँकेमा ३७, लमजुङमा २४, तनहुँमा २२ जना संक्रमित थप भएका छन् ।

त्यस्तै काभ्रेपलान्चोक र बागलुङमा १९/१९, नुवाकोटमा १८, स्याङ्जा र नवलपरासीमा १७/१७, धादिङ, मकवानपुर र पाल्पामा १५/१५, चितवन, गोरखा, कपिलवस्तु र बर्दियामा १३/१३ र धनुषामा ११ जनामा संक्रमण देखिएको छ ।

सिराहा र दोलखामा ९/९, गुल्मीमा ८, सप्तरीमा ७, ओखलढुङ्गा, पाँचथर, सर्लाही र रामेछापमा ६/६, सिन्धुपाल्चोकमा ५, दाङ, अछाम र डडेलधुरामा ४/४, धनकुटा, भोजपुर, म्याग्दी र प्यूठानमा ३/३ जना संक्रमित भेटिएका छन् ।

उदयपुर, खोटाङ, सिन्धुली, पर्वत, मुस्ताङ, अर्घाखाँची र इलाममा २/२, ताप्लेजुङ, तेर्‍हथुम, संखुवासभा, पर्सा, बारा, महोत्तरी, रौतहट, नवलपरासी (पुर्व), रोल्पा र दैलेखमा एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ५४ दशमलव १३ प्रतिशत रहेका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ७ सय ४७ जना छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा एक जना रहेका छन् ।

त्यस्तै अन्य प्रदेशहरुमा गण्डकी प्रदेशमा २ सय २१, प्रदेश एकमा एक सय ९५, लुम्बिनी प्रदेशमा एक सय ७१, प्रदेश २ मा ३७ र सुदुरपश्चिम प्रदेशमा ८ जना नयाँ संक्रमित थपिएका छन् ।

Categorized in राष्ट्रिय