arin enterprises

एक हजार २५५ जनामा संक्रमण भेटियो, एक हजार ४०४ निको

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १४, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार २ सय ५५ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय ११ जना छन् भने पुरुषको संख्या ७ सय ४४ रहेको छ ।

योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३१ हजार ९ सय ७८ पुगेको छ ।

पछिल्लो पटक एक हजार ४ सय ४ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ ।

आजसम्म गरिएको आरटि पिसिआर परिक्षणको संख्या १७ लाख २७ हजार ८ सय ३६ पुगेको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ८ हजार ८ वटा नमूनाको परिक्षण भएको छ ।

देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय ३२ जना रहेको छ ।

सक्रिय संक्रमितको संख्या १७ हजार ९ सय ९ जना रहेका छन् । तीमध्ये १२ हजार २ सय ९५ जना होम आइसोलेसनमा छन् भने ५ हजार ६ सय १४ जना संस्थागत आइसोलेसनमा छन् ।

३ सय ६१ जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ५३ जना भेन्टिलेटरमा छन् ।

प्रदेश एकमा ४१, प्रदेश २ मा ५, वागमती प्रदेशमा एक सय ३०, गण्डकी प्रदेशमा सय, लुम्बिनी प्रदेशमा ७१, कर्णाली प्रदेशमा ७ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।

त्यस्तै प्रदेश एकमा ७, प्रदेश २ मा १, वागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा १०, लुम्बिनी प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा एक जना गरी ५३ जना भेन्टिलेटरमा छन् ।

संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ ।

५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर, रुपन्देही र कास्की रहेको छ ।

कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ७९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २५ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Categorized in राष्ट्रिय