arin enterprises

उपत्यकामा ५ सय ४८ नयाँ संक्रमित थप

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १४, आइतबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ४८ जना नयाँ संक्रमित भेटिएका छन् । तीमध्ये महिला २ सय ४४ जना छन् भने पुरुषको संख्या ३ सय ४ रहेको छ ।

उपत्यकामा पछिल्लो पटक संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय २२ जना छन् भने ललितपुरबाट ६१ र भक्तपुरबाट ६५ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ९ हजार ७ सय ९९ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख ८ हजार ३ सय १७ जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ८७ हजार २ सय ७८ जना संक्रमित भइसके भने ललितपुरमा १३ हजार एक सय ४९ र भक्तपुरमा ७ हजार ८ सय ९० जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये ९७ हजार ९ सय ५९ जनाले कोरोनालाई जितिसके भने ५ सय ६२ जनाको मृत्यु भइसक्यो ।

कुन जिल्लामा कति थपिए

पछिल्लो पटक नयाँ संक्रमण देखिएका अन्य जिल्लाहरुमा कैलालीमा ९८, कास्कीमा ८३, मोरङमा ७३, झापामा ४१, रुपन्देहीमा ३५, चितवन र गोरखामा २६/२६, काभ्रेपलान्चोक, इलाम र नवलपरासी (पुर्व) मा २१/२१ र सुनसरीमा २० जना रहेका छन् ।

त्यस्तै बाँकेमा १७, तनहुँमा १६, कपिलवस्तु, कन्चनपुर र वैतडीमा १५÷१५, पाल्पामा १२, पर्सामा ११, मकवानपुर र स्याङ्जामा १०/१० जनामा संक्रमण पुष्टि भएको छ ।

बारामा ९, संखुवासभा, सोलुखुम्बु, सप्तरी, दोलखा, बर्दिया र बझाङमा ७/७, अछाम र डडेलधुरामा ५/५, रौतहट, लमजुङ, अर्घाखाँची र दाङमा ४?४, उदयपुर, ताप्लेजुङ, सिराहा, धादिङ, सिन्धुपाल्चोक, पर्वत र प्यूठानमा ३/३ जना कोरोना पोजेटिभ देखिएका छन् ।

ओखलढुङ्गा, खोटाङ, पाँचथर, धनुषा, महोत्तरी, सर्लाही, नुवाकोट, सिन्धुली, नवलपरासी र दार्चुलामा २/२ र रामेछाप, म्याग्दी र डोटीमा एक/एक जना संक्रमित भेटिएका छन् ।

प्रदेशहरुमा संक्रमणको अवस्था

पछिल्लो २४ घन्टामा पुष्टि भएका नयाँ संक्रमितमध्ये वागमती प्रदेशमा ४९ दशमलव ६४ प्रतिशत रहेका छन् ।

पछिल्लो पटक संक्रमण पुष्टि हुनेमध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ६ सय २३ जना छन् भने कर्णाली प्रदेशमा एक जना पनि नयाँ संक्रमित भेटिएको छैन ।

त्यस्तै अन्य प्रदेशहरुमा प्रदेश एकमा एक सय ८१, गण्डकी प्रदेशमा एक सय ६४, सुदुरपश्चिम प्रदेशमा एक सय ४८, लुम्बिनी प्रदेशमा ९९ र प्रदेश २ मा ४० जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय