एक हजार ३०४ संक्रमित थप, २ हजार ७३ निको
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १६, मंगलबार

नेपालमा पछिल्लो २४ घन्टामा एक हजार ३ सय ४ जनामा कोभिड १९ को संक्रमण देखिएको छ । तीमध्ये महिला ५ सय १ जना छन् भने पुरुषको संख्या ८ सय ३ रहेको छ ।
योसँगै नेपालमा कोभिड १९ बाट संक्रमितको कुल संख्या दुई लाख ३४ हजार ७ सय ५६ पुगेको छ ।
पछिल्लो पटक २ हजार ७३ जना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या २ लाख १६ हजार ५ सय ९४ पुगेको छ ।
आजसम्म १७ लाख ४६ हजार ३ सय ३० स्वाब नमूनाको पिसिआर परिक्षण भएको छ । पछिल्लो २४ घन्टामा देशैभरिको कोभिड प्रयोगशालाहरुबाट ८ हजार ५ सय ६३ वटा नमूनाको परिक्षण भएको छ ।
देशभरमा क्वारेन्टीनमा रहनेको संख्या ६ सय १६ जना रहेको छ ।
सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ जना रहेका छन् । तीमध्ये १० हजार ९ सय ९८ जना होम आइसोलेसनमा छन् भने ५ हजार ६ सय ३५ जना संस्थागत आइसोलेसनमा छन् ।
३ सय ७० जना संक्रमितहरु आइसीयूमा उपचाररत छन् भने ६३ जना भेन्टिलेटरमा छन् ।
प्रदेश एकमा ४६, प्रदेश २ मा ५, वागमती प्रदेशमा एक सय ४२, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा ९ र सुदुरपश्चिम प्रदेशमा ७ जना संक्रमित आइसीयूमा उपचाररत छन् ।
त्यस्तै प्रदेश एकमा ११, प्रदेश २ मा २, वागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा १३, लुम्बिनी प्रदेशमा ३ र सुदुरपश्चिम प्रदेशमा २ जना गरी ५३ जना भेन्टिलेटरमा छन् ।
संक्रमण शुन्य भएको जिल्लामा मनाङ र डोल्पा रहेको छ ।
५ सय भन्दा बढि संक्रमित भएको जिल्लामा झापा, मोरङ, काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार ५ सय २९ पुगेको छ । पछिल्लो २४ घन्टामा थप २१ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
Categorized in राष्ट्रिय