मिस काभ्रेको दशौं संस्करणको तयारी तीव्र
SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन १०, बुधबार

वौद्धिकतासँगै सौन्दर्य (Beauty with Brain) नारासँगै मिस काभ्रेको दशौं संस्करण आयोेजना हुने भएको छ । सन् २००९ देखि निरन्तर रुपमा हुँदै आएको मिस काभ्रेको दशौं संस्करणका लागी टप टेन फाइनलिस्टको छनौट भएसँगै कार्यक्रमको तयारीले तीव्रता लिएको छ ।
रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.ले आयोजना गर्न लागेको मिस काभ्रे २०१८मा हाल प्रतिस्पर्धीहरुलाई विभिन्न तालीमहरु दिँइदैछ । प्रतिस्पर्धीहरुलाई हाल क्याटवाकको साथमा पब्लिक स्पिकिङ, व्यक्तित्व विकास लगायतका विभिन्न तालीमहरु दिँइदैछ ।
रेडियन्ट इभेन्ट म्यानेजमेन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले कोरीयोग्राफी गरेका छन् भने सम्पूर्ण ड्रेस डिजाइन रेडियन्टका कार्यकारी निर्देशक श्रीषा वैदार फैजुको रहेको छ ।
फाइनल शो यहि असोज २० गते बनेपा काभ्रेमा हुन गइरहेको छ । कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेसनले प्रायोजन गरेको छ । काभ्रेको प्रतिष्ठित यस कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेसनले विगत ३ वर्षदेखि प्रायोजन गर्दै आएको छ ।
कार्यक्रमको आयोजना ईभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट ईभेन्ट म्यानेजमेन्टले गरेको छ ।
Categorized in पेजथ्री