नम्रताले पहिरिन् मिस नेपाल वर्ल्ड २०२० को ताज
SamacharDesk – बिकास | २०७७ मङ्सिर २१, आइतबार

काठमाडौंकी २३ वर्षीया नम्रता श्रेष्ठले मिस नेपाल २०२० को उपाधि जितेकी छिन् । राजधानीमा शनिबार सम्पन्न मिस नेपालको ग्रान्ड फिनालेमा २० जना प्रतिस्पर्धीलाई उछिनेर श्रेष्ठ यस वर्षको मिस नेपाल वर्ल्ड चुनिएकी हुन् ।
मिस नेपाल वर्ल्ड २०२० नम्रतालाई मिस नेपाल वर्ल्ड २०१९ अनुष्का श्रेष्ठले ताज पहिराइ दिए ।
किन्डरगार्टेन शिक्षिका समेत रहेकी नम्रताले ‘मिस नेपाल वर्ल्ड’को टाइटलसँगै नगद २ लाख ५० हजार पनि हात पारेकि छिन् ।
मिस नेपाल वर्ल्ड २०२० को उपाधी जितेसँगै नम्रताले अब आउँदो बर्ष नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड’मा सहभागीता जनाउनेछिन् ।
यस्तै, प्रतियोगीतामा ‘मिस नेपाल सुप्रानेसनल’को उपाधि सिमल कनौजियाले जितिन् भने ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि सन्ध्या शर्माले जितेकी छिन् । ‘मिस नेपाल अर्थ’को उपाधि भने सुप्रिया श्रेष्ठले जितेकी छिन् ।
सिमल, सुप्रिया र सन्ध्याले टाइटलसँगै साढे २ लाख पुरस्कार प्राप्त गरेका छन् ।
यो बर्षको प्रतियोगीताको निर्णायकमा शिक्षित भट्ट, निकिता चण्डक, तुलिका अग्रवाल, करण वैद्य, स्वस्तिमा खड्का पुकार मल्ल, राज राना, प्रिती सिटौला, सुमन शाक्य, र प्रिया अधिकारी रहेका थिए । देशभरबाट प्राप्त २ सय भन्दा बढि आवदेनबाट ग्रान्ड फिनालेका लागि २० जना प्रतिस्पर्धी चुनिएका थिए ।
बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न प्रतियोगीताको ग्रान्ड फिनालेमा कोरोना संक्रमणको जोखिमका कारण सिमित संख्यामा मात्र सहभागी गराइएको थियो ।
प्रतियोगीतामा विभिन्न सब टाइटलमा समेत प्रतियोगीहरुलाई पुरस्कृत गरिएको थियो । सब–टाइटल विजेताहरुले जनही २५ हजार प्राप्त गरेका छन् ।
अन्य सब टाइटलका विजेताहरु
मिस ब्यूटी विथ दि प्रपोज – श्रद्धा शर्मा
मिस हेल्दी – नग्मा सरकार
मिस फोटोजेनिक – आशिका श्रेष्ठ
मिस पपुलर च्वाइस – श्रद्धा शर्मा
मिस ग्ल्यामर – योजना भट्टराई
मिस स्टाइलिस – मेरिसा सिंह सुवाल
मिस वेमन अफ सब्स्टान्स – सन्ध्या शर्मा
मिस इन्टिलेक्चुअल – नम्रता श्रेष्ठ
मिस फिटनेश – सुवांगी खत्री
मिस टुरिज्म – रिया श्रेष्ठ
Categorized in पेजथ्री