arin enterprises

अमेरीकि रक्षामन्त्रीमा रिटायर्ड जनरल लायड अस्टिन

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

संयुक्त राज्य अमेरीकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले अवकाश प्राप्त जनरल लायड अस्टिनलाई आफ्नो रक्षामन्त्री बनाउने कुरा सार्वजनिक भएको छ ।

अमेरीकि संचारमाध्यमलाई उद्धृत गर्दै बाइडनले जनरल अस्टिनलाई रक्षामन्त्री बनाउन लागेको बीबीसीले जनाएको हो ।

यद्यपि बाइडन अथवा अस्टिनले यस बारे सार्वजनिक रुपमा केही बोलेका भने छैनन् ।

६७ वर्षका अस्टिन अमेरीकि रक्षामन्त्री बन्ने पहिलो अफ्रीकी–अमेरिकी नागरिक हुनेछन् ।

ओबामाको कार्यकालमा आस्टिनले अमेरिकी सेन्ट्रल कमान्डको नेतृत्व गरेका थिए ।

सात वर्ष अघिमात्र अवकाश पाएको हुनाले उनी रक्षामन्त्री बन्नको लागि संसदले सहमति भने जनाउनुपर्ने हुन्छ ।

यो भन्दा अघि बाइडनले वरिष्ठ पेन्टागन अधिकारी मिशेल फ्लोरनायलाई रक्षामन्त्री बनाउने कुरा संचारमाध्यममा आएको थियो । मिशेल रक्षामन्त्री बनेमा उनी पहिलो अमेरीकि रक्षामन्त्री हुने थिइन् ।

बाइडनले आउँदो २० जनवरीमा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् ।

Categorized in अन्तर्राष्ट्रिय