व्रिटेनमा फाइजरबाट विकसित कोभिडको खोप दिइयो
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

फाइजर/बायो–एन–टेकको कोभिड १९ भ्याक्सिनको ह्यूमन ट्रायल पुरा भई व्रिटेनमा आम नागरिकलाई खोप दिन शुरु गरिएको छ ।
यसैक्रममा यो भ्याक्सिन पाउने पहिलो नागरिक उत्तरी आयरल्यान्डकी एक ९० वर्षीया वृद्धा भएकि छिन् । मध्य ब्रिटेनको कोवेन्ट्रीस्थित यूनिभर्सिटी अस्पतालमा मारग्रेट कीनान नामक ती वृद्धालाई खोप लगाइएको हो ।
खोप लिएपछि मारग्रेटले भ्याक्सिन पाउने पहिलो व्यक्ति बनेको गौरवान्वित महसूस गरेको बताइन् ।
ब्रिटेनमा स्वास्थ्यकर्मी र ८० वर्ष माथिका मानिसहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने निर्णय गरिसकेको छ ।
फाइजरबाट विकसित कोभिड भ्याक्सिनको प्रयोगलाई मन्जुरी दिने व्रिटेन पहिलो मुलूक हो । गत सातामात्रै ब्रिटेनको औषधी नियामक विभागले यो भ्याक्सिनको प्रयोगको लागि अनुमति दिएको थियो ।
यद्यपि ब्रिटेनमा खोप लगाउन अनिवार्य भने गरिएको छैन ।
फाइजर कम्पनीको यो खोपको प्रयोगको लागि बहराइनमा पनि अनुमति दिइसकेको छ । गत शुक्रवार मात्रै बहराइन प्रशासनले यसको घोषणा गरेको थियो ।
कम्पनीले यो खोपको दुई डोज दिनुपर्ने बताएको छ ।
Categorized in विज्ञान-प्रविधी