arin enterprises

नयाँ संक्रमितमध्ये ६२ प्रतिशत बढि वागमती प्रदेशमा

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २६, शुक्रबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५ सय ४१ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला २ सय ३६ जना छन् भने पुरुषको संख्या ३ सय ५ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट ४ सय २ जना छन् भने ललितपुरबाट एक सय ५ र भक्तपुरबाट ३४ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा ५ हजार ८ सय ७६ जना सक्रिय संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १४ हजार ९ सय ५० जना पुगेको छ ।

हालसम्म काठमाडौंमा ९२ हजार ३ सय ७ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार २ सय ४८ र भक्तपुरमा ८ हजार ३ सय ९५ जना संक्रमित भइसके ।

उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ८ हजार ४ सय २ जनाले कोरोनालाई जितिसके भने ६ सय ६३ जनाको मृत्यु भइसक्यो ।

जिल्लाहरुमा नयाँ संक्रमित संख्या

प्रदेशहरुको अवस्था

पछिल्लो परिक्षणमा कुल संक्रमितको ६२.६४ प्रतिशत संक्रमित वागमती प्रदेशबाट रहेका छन् ।

नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ६ सय ४ जना र कर्णाली प्रदेशमा १५ जना रहेका छन् ।

अन्य प्रदेशहरुमा लुम्बिनी प्रदेशमा एक सय १३, प्रदेश एकमा ८९, गण्डकी प्रदेशमा ८६, सुदुरपश्चिम प्रदेशमा ६२, प्रदेश २ मा २५ जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय