arin enterprises

मिस काभ्रेको मेकअप तालीम सम्पन्न

SamacharDesk – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आश्विन १७, बुधबार

मिस काभ्रे सिजन १० को तयारीको दौरानमा सेल्फ मेकअपको तालीम सम्पन्न भएको छ । मिस काभ्रेका प्रतीस्पर्धीहरुलाई गुण ब्युटिसियन ट्रेनिङ सेन्टरका गुणकेशरी ताम्राकारले सेल्फ मेकअपको ट्रेनिङ दिनुभएको थियो । 

रेडियन्ट ईभेन्ट म्यानेजमेन्ट एजेन्सी प्रा.लि.ले आयोजना गर्न लागेको मिस काभ्रे २०१८मा हाल प्रतिस्पर्धीहरुलाई विभिन्न तालीमहरु दिँइदैछ । त्यसैक्रममा सेल्फ मेकअपको तालीम पनि भइरहेकोमा उक्त तालीम सम्पन्न भएको हो ।

सौन्दर्य प्रतियोगीता अथवा पेजेन्टहरुमा मेकअपको सवालमा ध्यान दिनुपर्ने पक्षहरुको सैद्धान्तिक ज्ञानका साथै व्यवहारिक अभ्यास समेत गराइएको ब्युटिसियन ताम्राकारले बताउनुभयो । अन्तर्राष्ट्रिय स्पर्धाका लागी समेत प्रतिस्पर्धीहरुलाई टिप्सहरु दिइएको पनि ताम्रकारले जानकारी दिनुभयो ।

‘हामीले आयोजना गर्ने प्रतिस्पर्धा भनेको नेपालको लागी मात्र लक्षित हुन्न’ आयोजक रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर राज फैजुले बताउनुभयो, ‘हाम्रो स्पर्धाका विजेताहरु कुनै अन्तर्राष्ट्रिय डबलीमा पनि सहभागी हुनगए अरु देशको भन्दा कुनै पक्षबाट कम नहुने बनाउँछौं हामी ।’

प्रतिस्पर्धीहरुलाई हाल क्याटवाकको साथमा पब्लिक स्पिकिङ, व्यक्तित्व विकास लगायतका विभिन्न तालीमहरु दिँइदैछ । 

रेडियन्टका फाउन्डर डाइरेक्टर साथै अन्तर्राष्ट्रिय कोरीयोग्राफर फैजुले कोरीयोग्राफी गरेका छन् भने सम्पूर्ण ड्रेस डिजाइन रेडियन्टका कार्यकारी निर्देशक साथै फेसन डिजाइनर श्रीषा वैदार फैजुको रहेको छ । 

फाइनल प्रतिस्पर्धा यहि असोज २० गते बनेपा काभ्रेमा हुन गइरहेको छ । कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेसनले प्रायोजन गरेको छ । काभ्रेको प्रतिष्ठित यस कार्यक्रमलाई हब इन्टरनेशनल एजुकेसनले विगत ३ वर्षदेखि प्रायोजन गर्दै आएको छ ।

Categorized in पेजथ्री