arin enterprises

हत्या अभियोगमा चार जना पक्राउ

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ चैत्र ३०, सोमबार

पर्सामा हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भएका २८ वर्षीय बिकाश कुमार चौरसियाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आइतवार ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका–११ बस्ने रौतहट माधवनारायण नगरपालिका–१ का २६ वर्षीय संतोष साह, २४ वर्षीया सोनी कुमारी रहेका छन् ।

त्यसैगरी बारा महागढीमाई नगरपालिका–७ बेनौली बस्ने १९ वर्षीय बिशाल साह र भारत उत्तर प्रदेश थाना अलीगढ बस्ने २१ वर्षीय ओमबीर प्रजापति पनि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

वीरगंज महानगरपालिका–११ रानीघाटस्थित घरमा बिकाश कुमारलाई फलामको छड तथा फलामको धारिलो गल प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका बिकाशलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध