तुलनात्मक रुपमा आज वागमती प्रदेशमा कम संक्रमित
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २८, आइतबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ४८ जना नयाँ संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये महिला एक सय ५० जना छन् भने पुरुषको संख्या एक सय ९८ रहेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो पटक उपत्यकामा संक्रमण पुष्टि हुने नयाँ संक्रमितमध्ये काठमाडौंबाट २ सय ५८ जना छन् भने ललितपुरबाट ६५ र भक्तपुरबाट २५ जना रहेका छन् ।
काठमाडौं उपत्यकामा ५ हजार ४ सय ५२ जना सक्रिय संक्रमित उपचाररत छन् ।
काठमाडौं उपत्यकाको कुल संक्रमित संख्या एक लाख १५ हजार ७ सय ८० जना पुगेको छ ।
हालसम्म काठमाडौंमा ९२ हजार ९ सय ४६ जना संक्रमित भइसके भने ललितपुरमा १४ हजार ३ सय ८२ र भक्तपुरमा ८ हजार ४ सय ५२ जना संक्रमित भइसके ।
उपत्यकाका कुल संक्रमितमध्ये एक लाख ९ हजार ६ सय ५५ जनाले कोरोनालाई जितिसके भने ६ सय ७३ जनाको मृत्यु भइसक्यो ।
जिल्लाहरुमा नयाँ संक्रमित संख्या
प्रदेशहरुको अवस्था
विगत केही दिनको तुलनामा वागमती प्रदेशमा पछिल्लो २४ घन्टामा थपिएका नयाँ संक्रमितको संख्यामा कमी देखिएको छ ।
केही दिनको तथ्याङ्कमा कुल संक्रमितमध्ये ५० प्रतिशत बढि संक्रमित वागमती प्रदेशबाट देखिरहेका थिए । तर आजको तथ्याङ्कमा वागमती प्रदेशमा ५० प्रतिशतभन्दा कम संक्रमित देखिएका छन् ।
यद्यपिं आजको दर पनि ५० प्रतिशतकै नजिक भने रहेको छ ।
पछिल्लो परिक्षणमा कुल संक्रमितको ४७ दशमलव ३४ प्रतिशत संक्रमित वागमती प्रदेशबाट रहेका छन् ।
नयाँ संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढि वागमती प्रदेशमा ३ सय ९३ जना र सबैभन्दा कम प्रदेश २ मा ४ जना रहेका छन् ।
अन्य प्रदेशहरुमा सुदुरपश्चिम प्रदेशमा एक सय ४४, गण्डकी प्रदेशमा एक सय, प्रदेश एकमा ८२, लुम्बिनी प्रदेशमा ६७ र कर्णाली प्रदेशमा ४० जना नयाँ संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय