arin enterprises

बाइडनको जितले औपचारिकता पायो

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

संयुक्त राज्य अमेरीकाका नव निर्वाचित राष्ट्रपति जो बाइडनको जितले औपचारीकता पुरा गरेको छ । इलेक्टोरल कलेजको समर्थन पाएसँगै अमेरीकी राष्ट्रपति पदमा बाइडनको जितले आवश्यक औपचारिकता पूरा गरेको हो ।

हिजो देशभरका ५० राज्यकै इलेक्टोरल कलेज सदस्यहरुले बाइडेनको जितलाई औपचारिकता प्रदान गरेका हुन् ।

अमेरिकी निर्वाचन प्रणालीमा प्रत्येक राज्यका मतदाताहरुले इलेक्टोरल कलेजका लागि मत दिन्छन् भने तीनै इलेक्टोलर कलेजका सदस्यहरुले राष्ट्रपति र उपराष्ट्रपति चुन्न मतदान गर्दे गर्छन् ।

आउँदो २० जनवरी २०२१ का एक भव्य समारोहकाबीच शपथ ग्रहण गर्दै बाइडनले अमेरीकी राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

गत नोभेम्बर ३ मा सम्पन्न अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेट उम्मेदवार पूर्वउपराष्ट्रपति बाइडेनले ३ सय ६ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा जित हासिल गर्न इलेक्टोरल कलेजको २ सय ३२ मतको आवश्यकता पर्दछ ।

सामान्यतः इलेक्टोरल कलेजमा जीत पछि नतिजा प्रष्ट भइसक्ने हुँदा इलेक्टोरल मतदानलाई खासै महत्व दिईँदैन ।

तर यसपालि रिपब्लिकन पार्टीका प्रतिष्पर्धीका साथै वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको आपत्तीका कारण इलेक्टोरल मतदानले पनि समग्र विश्वकै ध्यान तानिरहेको थियो ।

ट्रम्पले २ सय ३२ इलेक्टोरल कलेज मत पाएका थिए । ट्रम्पले चुनावमा धाँधली भएको भन्दै आफ्नो हार अझै स्वीकारेका छैनन् ।

Categorized in अन्तर्राष्ट्रिय