पशुपति भोलिबाट खुल्ने, आज क्षमापूजा
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

कोरोना संक्रमणको जोखिमका कारण गत ९ महिनादेखि बन्द पशुपतिनाथ मन्दिर भोलिबाट खुल्ने भएको छ ।
यसैक्रममा भोलि मन्दिर खोल्नका लागि आज पशुपतिनाथ मन्दिर परिसरमा क्षमा पूजा गरिँदैछ । नौ महिनासम्म मन्दिर बन्द गर्नुपरेकोमा आज बिहान क्षमा पूजा गरिएको हो ।
भोलिबाट भने स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खोलिने पशुपति क्षेत्र विकाश कोषले जनाएको छ ।
पहिलो चरणमा भोलिबाट भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट मात्रै प्रवेश र बाहिर निस्कने व्यवस्था गरिएको छ । दर्शनको लागि मन्दिरमा आउने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।
यद्यपि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्कालको लागि नगरिने कोषले जनाएको छ ।
मन्दिर बन्द रहँदा धार्मिक लगायत विभिन्न संघसंस्थाले मन्दिर खोल्नुपर्ने माग गर्दै आएका थिए । मन्दिर खुल्ने भएपछि विभिन्न संघसंस्थाले पनि आज पशुपति प्रांगणमा विशेष पूजा गर्ने तयारी गरेका छन् ।
Categorized in संस्कृति